क्याटवाकमा हिंड्दा हिंड्दै ब्राजिलियन मोडलको गयो ज्यान  !

 

साओ पाउलो फेशन विकमा क्याट वाक गर्दैगर्दा एक मोडलको ज्यान गएको छ । ब्राजिलियन मोडल क्याटवाक गर्दैगर्दा खुट्टा बटारिएर लडेका थिए । यसपछि उनलाई अस्पताल लगियो । लगत्तै चिकित्सकले उनलाई मृत घोषित गरे । आयोजकहरुले विज्ञप्ति प्रकाशित गरी जनाए अनुसार टाल्स सोरेस ओक्सा नामक ब्रान्डको प्रोमोसन वाकका क्रममा बिरामी भएका थिए । यसलगत्तै उपलब्ध स्वयंसेवकहरुले उनलाई उठाउने र होसमा ल्याउने कोसिस गरेका थिए । तर, उनी होसमा आएनन् । अस्पताललैजाँदा त्यहाँ मृत घोषित गरिएको थियो । उपस्थित दर्शकहरुले भने यो पनि फेशन शोकै एउटा आइटम हुनसक्ने ठानेका थिए । तर, पछि स्वयंसेवकहरु आएर उनलाई लगेपछि सबै आश्चर्यचकित बने । उनको मृत्युको कारण भने खुलेको छैन । आयोजकहरुले मोडल सोरेस स्वस्थ भएको र क्याटवाक गर्नका लागि पूर्णत उपयुक्त अवस्थामा रहेको जनाएका छन् । उनी भेजेटेरियन भएको र कुनै गैरकानूनी औषधि समेत सेवन नगरेको अस्पतालको दाबी छ । २६ वर्षका सोरेसको मृत्युले धेरैलाई चकित तुल्याएको छ ।