अष्ट्रेलियामा उबर ईट्सको विकल्पमा ड्रोनले खाना डेलिभरि गर्ने योजना स्वीकृत, क्यानबेरामा कार्यान्वयन अर्को साताबाट

विगत १८ महिनादेखि क्यानबेरामा गरिएको परीक्षण सफल भएपछि अब अष्ट्रेलियामा फुड डेलिभरी ड्रोनको सपना साकार हुने भएको छ । विश्वकै पहिलो ड्रोन डेलिभरि विजनेसलाई अष्ट्रेलियन हवाई क्षेत्रमा स्वीकृति दिइएको हो । विङ नामक यो प्रोजेक्ट गुगलको साझेदार कम्पनी अल्फावेटले परीक्षण गरिरहेको थियो । मंगलबार कम्पनीलाई यहाँको हवाई क्षेत्रमा काम गर्ने स्वीकृति मिलेको हो । यद्यपि सिभिल एभियसन सेफ्टी अथोरिटी कासाले भने कडा नियमहरु पालना गर्नुपर्ने शर्त राखेको छ । जसमा कुनैपनि मुख्य सडक क्षेत्रभन्दा टाढाबाट यस्तो ड्रोन उडाउनुपर्नेछ । यस्तै मानिसहरु भएको ठाउँको निश्चित उचाईमा मात्र यिनीहरु जन पाउनेछन् । दिनको उज्यालोमा मात्र यिनलाई अपरेट गर्नुपर्नेछ । क्यानबेराका बासिन्दाहरुले भने ड्रोनको आवाजले आफुहरुलाई बाधा पुर्याएको दाबी गरेका थिए । अबको केही हप्तामा परीक्षणकै रुपमा करिब एक सय घरहरुमा खानाको डेलिभरि गर्नेछ । यसपछि यो संख्या बढाउँदै लैजाने योजना छ । कम्पनीले सन् २०३० भित्र चारमध्ये एक डेलिभरि ड्रोनमार्फत हुने आंकलन गरेको छ भने प्रदूषणलाई पनि उल्लेख्य मात्रामा घटाउने उसको दावी छ ।