अन्तत : मोदीको काठमाडौं बाहिरका भ्रमण रद्द, भारतीय प्रधानमन्त्री मोदी सार्क सम्मेलनमा मात्र सहभागी हुँदै


modiवादविवाद र आरोप प्रत्यारोपबीच भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालका विभिन्न धार्मिक स्थलको भ्रमण कार्यक्रम स्थगित भएको जानकारी दिएका छ । यसपछि नेपालको परराष्ट्र मन्त्रालयले भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अठारौँ शिखर सम्मेलनका क्रममा काठमाडौँको मात्र भ्रमण गर्ने जानकारी दिएको हो । उक्त मन्त्रालयले एक विज्ञप्ति जारी गरी भारत सरकारले नेपाल सरकारलाई प्रधानमन्त्रीको भ्रमणबारे औपचारिक जानकारी दिएको हो । भारतमा प्रधानमन्त्रीका अपरिहार्य प्रतिबद्धता तथा देशभित्रकै पूर्वनिर्धारित यात्राका कारण जनकपुर, लुम्बिनी र मुक्तिनाथको भ्रमण सम्भव नभएको जानकारी भारत सरकारले गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  प्रधानमन्त्री मोदीलाई जनकपुर, लुम्बिनी र मुक्तिनाथमा स्वागत गर्न  नेपाल सरकारले आवश्यक तयारी पनि प्रायः पूरा गरिसकेको थियो । गत साउनमा नेपाल भ्रमणमा रहँदा प्रधानमन्त्री मोदीले ती क्षेत्रको भ्रमण गर्न इच्छा प्रकट गर्नुभएको थियो । सोहीअनुरुप सरकारले आवश्यक व्यवस्था मिलाएको पनि मन्त्रालयको विज्ञप्तिमा छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]