संविधान बन्ने सम्भावनाको ढोका बन्द भइसकेको छैन– अध्यक्ष दाहाल

एकीकृत नेकपा ९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाबाट संविधान बन्ने सम्भावनाको ढोका पूर्णरुपमा बन्द भई नसकेको बताउनुभएको छ । बाइस दलीय मोर्चाले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारमा रहेका दलहरु अझै पनि सहमतिका लागि अग्रसर रहन्छन् भन्नेमा आफू आशावादी रहेको भन्दै उहाँले त्यसो नभए मात्र विकल्प खोजिनेमा जोड दिनुभयो । विगतका सहमति र सम्झौतालाई लत्याएर आफूखुसी प्रस्ताव ल्याउने र पेलेर संविधान जारी गर्ने प्रयत्न भइरहेकाले सहमतिको सम्भावना भने कम रहेको उहाँको कथन थियो । प्रमुख दलहरुबीच भएको १२ बुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षसँग विभिन्न कालखण्डमा भएका सहमति तथा सम्झौता नै लोकतान्त्रिक संविधान निर्माणको आधार भएकाले त्यसलाई नभुल्न नेपाली काँग्रेस र नेकपा ९एमाले०सँग आग्रह गर्नुभयो । जनताको पक्षमा संविधान जारी गर्न आफ्नो तर्फबाट कुनै पनि कमीकमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष दाहालले पछिल्लोपटक सरकारमा रहेका दलका तर्फबाट संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पेस गरिएको नौबुँदे प्रस्ताव पश्चगमनको पूर्वाभ्यास भएको आरोप लगाउनुभयो । संवाद समितिमा पेस भएको सत्तारुढ दलको प्रस्ताव संविधानसभामा अनुसूचीका रुपमा मात्रै प्रस्तुत हुने उहाँको जिकिर थियो । शनिबार बालुवाटारमा प्रमुख तीन दलबीच कुनै पनि सहमति नभएको तथा काँग्रेस र एमालेले गलत प्रचार गरेको उहाँको कथन थियो । सहयात्री दलसँग सहमति नगरी प्रमुख तीन दलको बैठकमा एमाओवादीको तर्फबाट कुनै पनि प्रतिबद्धता व्यक्त नगरिने र सम्झौतासमेत नगरिने अध्यक्ष दाहालका्े कथन थियो । ‘‘शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा कुनै पनि सहमति नभएको, आफूले २२ दलीय मोर्चामा छलफल गरेर मात्रै निर्णय दिने बताएको तर काँग्रेस र एमालेले सहमति भइसक्यो भनेर प्रचार गरे । यो गलत भयो’’–अध्यक्ष दाहालले भन्नुभयो । विगतको सहमति भुलेर आफूखुसी बहुमतको आधारमा संविधान जारी गर्न खोजिए जनताले आफ्नो फैसला आफँै गर्ने उहाँको जिकिर थियो । मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक०का अध्यक्ष विजयकुमार गच्छदारले सत्तारुढ दलले बहुमतको दम्भ देखाएका कारण संविधान लेखन प्रक्रिया विवादको घेरामा परेको बताउनुभयो । उहाँले परिवर्तनकारी शक्तिलाई कम आँक्ने र पेल्न खोज्ने मानसिकताबाट सरकारमा रहेका दल परिवर्तन नभए इतिहासले उनीहरुलाई सजायको भागिदार बनाउने धारणा राख्नुभयो ।संविधान लेखन प्रक्रिया बहुमत र अल्पमतको विषय नभएकाले सबैले अपनत्व महसुस गर्ने विषय रहेको अध्यक्ष गच्छदारले स्पष्ट पार्नुभयो । कार्यक्रममा २२ दलीय मोर्चाका विभिन्न नेताले आ–आफ्नो धारणा राख्नुभएको थियो भने सहभागीहरुले संविधान निर्माणको आधार र २२ दलीय मोर्चाको आगामी कार्यक्रमका बारेमा सहभागीले जिज्ञासा राख्नुभएको थियो ।