राजकुमार हिरानी भन्छन्, सञ्जय दत्तले जेलमै बनाए एट प्याक्स एब्स


sanjaya duttaसञ्जय दत्त यतिबेला जेलमा छन् । उनी यतिबेला के गरिरहेका होलान् ? चासो छ प्रशंसकहरुमा । तर, खुशीको कुरा पनि छ कि उनका प्रशंसकहरुले अब लगातार दुईवटा फिल्ममा उनलाई देख्न पाउनेछन् । एउटा अमिर खान अभिनीत चर्चित चलचित्र पीके र अर्को उंगली र यी एक महिनाभित्रै रिलिज हुनेछन् । राजकुमार हिरानीको निर्देशन रहेको पीकेमा अमिर खानको पोष्टरले चर्चा कमाएको थियो । निर्देशक हिरानीलाई सञ्जय दत्त नियमित चिठ्ठी पठाउँदा रहेछन् । यसैका आधारमा हिरानीले भनेका छन्, सञ्जयको रिस र भावनाहरुमा लगातार परिवर्तन त्यो पनि सकारात्मक बाटोतर्फ भइरहेको मैले पाएको छु । जेलभित्रै सञ्जय दत्तले नियमित जीवन यापनझैं व्यायाम पनि गरिरहेको उनको भनाई छ । जसका कारण लगभग १४ किलो कम भएको र ८ प्याक्स एब पनि बनाएको उनको दाबी छ । फिल्म पिकेमा १६ दिने शुटिंग सकाएर जेल गएका उनीलाई छिटोभन्दा छिटो चलचित्र नगरीमा देख्न चाहेको प्रशंसकहरुले बताएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]