जिप दुर्घटना हुँदा छ जनाको मृत्यु, नौ जना गम्भीर घाइते (नामावलीसहित)


jajgarहलेसीबाट तीर्थयात्री लिएर जयरामघाटतर्फ जाँदै गरेको जिप आज दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ भने नौ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी ज्यान गुमाउनेमा ओखलढुङ्गा च्यानम–२ का ५६ वर्षीय टंक राया, सिन्धुली लाङपाङटार–४ का ६५ वर्षीय पूर्णमाया मगर, ३७ वर्षिया चन्द्रमाया कार्की र वर्षिया ४५ चन्द्रमाया तामाङ, नुवाकोट पाँचकन्यका ३८ वर्षीय रोबहादुर पण्डित र ३५ वर्षीया सरस्वती पण्डित रहेका छन् ।  दुर्घटनामा परी घाइते हुनेमा सिन्धुली लाम्पाङटार–४ का ७० वर्षीय टेकबहादुर मगर, ६५ वर्षीया पूर्णमाया मगर, सात वर्षीय आशिष मगर, ३४ वर्षीय  सनबहादुर मगर, २८ वर्षीय मञ्जु भण्डारी, ३८ वर्षीय शम्भु विश्वकर्मा, २६ वर्षीय चेतबहादुर रमौली, लाम्पाङटार–३ का २८ वर्षीय चित्रबहादुर रमौली  र काठमाडौँ कपनका १३ वर्षीय सिम्रम पण्डित रहेको घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले जानकारी दिनुभयो । खरेलका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । दुर्घटनामा परी ज्यान गुमाउनेको शव घटनास्थलबाट माथि सडकमा निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब ७०० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । जिप चालक कौशल विश्वकर्मा भने सकुशल रहेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर  प्रहरी चौकीमा राखेको छ । बालाचतुर्दशीको अवसरमा हलेसीको दर्शन गरेर फर्किएका तीर्थयात्रु सवार मे१ज ७३२ नम्बरको मुस्ताङ जिप बिहान करिब ५ बजेतिर दुर्छिमको गौरीभिरमा दुर्घटना भएको थियो । पन्ध्रजना यात्रु लिएर बिहान ४ बजे हलेसीबाट जयरामघाटका लागि छुटेको जिप सडकमा भएको खाल्डो छल्ने क्रममा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको खोटाङका प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । दुर्घटनाका घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँस्थित शिक्षण अस्पताल लगिएको छ । दुर्घटनामा घाइतेको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले उद्धार गरेका हुन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]