मोदीको भ्रमण रद्दबारे आधिकारिक जानकारी प्राप्त भएको छैन –प्रवक्ताद्वय


modiभारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको जनकपुर भ्रमण रद्द भएको जानकारी प्राप्त नभएको नेपाल र भारत सरकारका वरिष्ठ अधिकारीहरुले स्पष्ट गरेका छन् । प्रधानमन्त्री मोदीको स्वागतका निम्ति खटिनुभएका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधिले जारी गर्नुभएको विज्ञप्तिको हवाला दिँदै केही सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारबारेको जिज्ञासामा दुवै देशका जिम्मेवार अधिकारीहरुले भ्रमण रद्द भएको औपचारिक जानकारी प्राप्त नभएको बताएका हुन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारी र यहाँस्थित भारतीय दूतावासका प्रवक्ता अभयकुमारले प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण रद्द भएको सम्बन्धमा आधिकारिक सूचना प्राप्त नभएको स्पष्ट गर्नुभयो । केहीबेर अघि राससको जिज्ञासामा उहाँहरुले मोदीको जनकपुर भ्रमण रोकिएको सम्बन्धमा केही जानकारी नभएको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]