संवाद समितिमा प्रस्ताव रोकिएकोमा एमाले र काँग्रेस क्रुद्ध, एमाओवादी भन्छ, काँग्रेस त्यहीँ अडियो, एमाले पछि हट्यो


sitaulamadhavnarayankajiसंवैधानिकराजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले समितिको बैठक अवरुद्ध गरी मनपरी गरेको भन्दै नेपाली काँगे्रस नेकपा (एमाले) का नेताले आक्रोश पोखेका छन् नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले आयोजना गरेकोसंविधान निर्माणमा सञ्चारकर्मीको भूमिका विषयको अन्तक्र्रिया कार्यक्रममा एमालेका नेता माधवकुमार नेपालले संवाद समितिको बैठक अवरुद्ध गरी डा भट्टराईले गैरप्रजातान्त्रिक चरित्र प्रदर्शन गरेको आरोप लगाउनुभयो नेता नेपालले एकीकृत नेकपा (माओवादी) को भनाइअनुसार नै काँग्रेस एमालेले लामो छलफलपछि पनि सहमति हुन नसकेपछि सहमतिका लागि संवाद समितिमा प्रस्ताव पेस गरिएको बताउनुभयो एमाओवादीले दोस्रो संविधानसभाले दिएको जनमतको अवमूल्यन गरेको आरोप लगाउँदै नेता नेपालले काँग्रेस एमालेले पेस गरेको प्रस्ताव अन्तिम नभई छलफलका लागि मात्र भएकाले नआत्तिई संवाद समितिको बैठक सञ्चालन गर्न आग्रह गर्नुभयो काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संवाद समितिका सभापतिले समितिको बैठक अवरुद्ध गरेर राजनीतिक संवादको ढोकासमेत अवरुद्ध गरेकामा आश्चर्य व्यक्त गर्नुभयो सहमतिका नाममा सभापति डा भट्टराईले अनावश्यक रुपमा समय खर्चेको बताउँदै महामन्त्री सिटौलाले संवाद समितिले संविधानसभाले दिएको निर्देशनसमेत अवज्ञा गरेको आरोप लगाउनुभयो एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानका विवादित विषयमा दलबीच सहमति हुन नसक्दा दलले गरेको प्रतिबद्धताअनुसार आगामी माघ गते संविधान आउन नसक्ने जिकिर गर्नुभयो उपाध्यक्ष श्रेष्ठले संविधान निर्माणका लागि आफ्नो पार्टी सहमतिका लागि लचकताका साथ प्रस्तुत भएको बताउँदै विवादित विषयमा काँग्रेस जहाँको तहीँ रहेको एमाले पछि हटेको आरोप लगाउनुभयो पत्रकार महासङ्घ काठमाडौँका अध्यक्ष गोविन्द चौलागाईँको सभापतित्वमा कार्यक्रममा पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले हालै मात्र महासङ्घले निर्धारित मितिमा संविधान निर्माणका लागि दबाब दिन तीनमहिने अभियान चलाउने निर्णय गरेको जानकारी गराउँदै शान्तिको संस्थागत विकासका लागि पनि संविधान निर्माण आवश्यक रहेको बताउनुभयो

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]