सिड्नीको वोन्डाई तटीय क्षेत्रमा मृत ह्वाईट सार्क भेटियो


sharkसिड्नीको वोन्डाई तटीय क्षेत्रमा एउटा मृत ह्वाईट सार्क फेला परेको छ । करिब ८ फिट लामो सेतो सार्क नियमित निरीक्षणका क्रममा बोन्डाई बीचको सुरक्षाका निम्ति राखिएको जालीमा अड्किएको अवस्थामा फेला परेको हो । सिड्नीका विभिन्न ठाउँमा रहेका बीचहरुमा आमजनतालाई सुरक्षित राख्नका निम्ति जालीको व्यवस्था गरिएपनि ति पूर्ण रुपमा सुरक्षित भने छैनन् । अहिलेसम्म न्यू साउथ वेल्सका ४९ समुद्री तटीय क्षेत्रहरुमा यस्तो किसिमका जोली लगाइएको छ । जसले करिब २ सय किलोमिटर क्षेत्रफललाई ओगट्दछ । यी जालीहरु पौडी खेल्ने मानिसहरु र समुद्री जनावरहरुलाई एकअर्काको संसर्गमा आउनबाट जोगाउनका निम्ति राखिएका छन् । अधिकारीहरुले यस किसिमको व्यवस्थाबाट कैयौं मानिसहरुको ज्यान जोगिएको दाबी गरेका छन् । अर्कोतर्फ अनावश्यक रुपमा पनि कैयौं समुद्री जनावरहरुले ज्यान गुमाउने गरेको भन्दै यसको आलोचना समेत गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]