चुनावमा सञ्चारमाध्यमको अवस्थाबारेको अध्ययन सार्वजनिक, पूर्ण उल्लंघन गर्ने ३ प्रतिशत


abcसंविधानसभा सदस्य निर्वाचन २०७० को सञ्चार माध्यम अनुगमनसम्बन्धी विश्लेषणात्मक प्रतिवेदन आज सार्वजनिक गरिएको छ । निर्वाचनका क्रममा निर्वाचन आयोगका लागि नेपाल प्रेस इन्स्टिच्यूटले सञ्चालन गरेको सञ्चारमाध्यम अनुगमनको प्रतिवेदन यहाँ आयोजित एक कार्यक्रमका बीच प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती र संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक जेमी म्याकगोल्ड्रीकले संयुक्त रूपमा सार्वजनिक गर्नुभयो । युरोपेली युनियन, डिएफआइडी, डेनमार्क, नर्वे र युएनडिपीको आर्थिक सहयोगमा निर्वाचन आयोगले नेपाल प्रेस इन्स्टिच्युटलाई सञ्चारमाध्यम अनुगमनका लागि जिम्मेवारी दिएको थियो । नेपाल प्रेस इन्स्टिच्युटले एक महिना अवधिभर निर्वाचन हुनु अगाडि, निर्वाचनको समयमा र निर्वाचन सकिएपछि पनि १४७ अनुगमनकर्तालाई परिचालन गरी ५४७ पत्रपत्रिका, २१० रेडियो, १० टेलिभिजन च्यानल र १० वटा अनलाइन मिडियालाई अनुगमन गरेको थियो । अनुगमनको अवधिमा १३५ जना अनुगमनकर्ताले कुल १० हजार ४९१ वटा सामग्री सङ्कलन गरेका थिए । ८२८ अनलाइन सामग्री, छ हजार १६७ छापा सामग्री, दुई हजार ९४ रेडियो सामग्री र एक हजार ४०२ टीभी सामग्री, अन्तर्वाता र बहस कार्यक्रमहरू पनि समावेश गरिएका थिए । सञ्चार माध्यमबाट आचारसंहिताको सम्मान÷उल्लङ्घन सम्बन्धी विवरण अनुसार आचारसंहिताको पूर्ण उल्लङ्घन ३ प्रतिशत, गम्भीर उल्लङ्घन ८ प्रतिशत र केही पक्षपात २७ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनमा २०७० मङ्सिर ४ गते सम्पन्न संविधानसभा निर्वाचनका सिलसिलामा नेपाली सञ्चारमाध्यमको कार्यसम्बन्धी विस्तृत विवरण समेटिएको छ । उक्त निर्वाचनमा एक करोड २० लाख ९अर्थात योग्य मतदातामध्ये ७९ प्रतिशत० मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए । पहिलो निर्वाचित हुने ९प्रत्यक्ष० निर्वाचनतर्फ १२० राजनीतिक दलका झन्डै छ हजार उम्मेदवार उठेका थिए भने समानुपातिक निर्वाचनतर्फ १२२ दलले ११ हजार उम्मेदवारको नामावली समेटिएको बन्द सूची निर्वाचन आयोगमा बुझाएका थिए । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचनको सञ्चारमाध्यम अनुगमनसम्बन्धी महत्वपूर्ण प्रतिवेदन नेपालको इतिहासमा महत्वपूर्ण अभिलेख भएको बताउनुभयो । निर्वाचन आयुक्त इला शर्माले निर्वाचनलाई निश्पक्ष, स्वतन्त्र र मर्यादित बनाउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । कार्यक्रममा युरोपेली युनियनका राजदूत रेन्सजी टिरिन्क, राष्ट्रसङ्घीय आवासीय संयोजक म्याकगोल्ड्रीकलगायतले निर्वाचन प्रक्रियामा नेपाली सञ्चारमाध्यमले खेलेको भूमिकाको चर्चा गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]