नेपालको झण्डा फहराउन पण्डित अष्ट्रेलिया आउँदै, मन्त्रीले गरे बिदाई


nepali jhandaअस्ट्रेलियाको अग्लो हिमाल कोस्सिउज्को आरोहणको अभियानमा लागेका प्युठानका सञ्जय पण्डितलाई आज बिदाइ गरिएको छ । माउनटेनेरियङ तथा रक क्लाइम्बिड सङ्घले आज यहाँ गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले पण्डितलाई नेपाली झनडा हस्तान्तरण गरी बिदाई गर्दै यसअघि सगरमाथा आरोहण गरेका पण्डितले सात महादेशका अग्ला हिमाल आरोहणका लागि सुरु गरेको अभियानले देशको गौरव तथा प्रतिष्ठा बढ्ने बताउनुभयो । कार्यक्रममा पण्डितले जलवायु परिवर्तनले हिमालमा पार्ने प्रभाव तथा विश्व शान्तिका लागि सो अभियान थालेको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]