पोखरा माछापुच्छ्रेको काखमा सिटी रेवान महोत्सव तथा ‘फुड फेस्टिबल’ सम्पन्न


pokharaपोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएसनको आयोजनामा पोखरा रङ्गशालामा भएको तेस्रो सिटी रेवान महोत्सव तथा ‘फुड फेस्टिबल’ सम्पन्न भएको छ । पर्यटन प्रवद्र्धन, लोक संस्कृतिको जगेर्ना, स्थानीय उत्पादनको प्रस्तुति, व्यवसायी–व्यवसायीबीचको सम्बन्धलाई अझ बढी दिगो र प्रगाढ बनाउने र देशको आर्थिक अर्थतन्त्रलाई टेवा पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको थियो । गत कात्तिक १४ गतेदेखि सुरु भएको महोत्सव करिब एक लाख दर्शकले अवलोकन गरेको सिटी रेवानका महासचिव दीपक तिमिल्सिनाले जानकारी दिनुभयो । महोत्सवमा भएको विवाहित पुरुष नृत्य प्रतियोगितामा बलराम पौडेल प्रथम, दीपक परियार द्वितीय, धर्मेन्द्र पौडेल तृतीय र लोकराज पहारी सान्त्वना भई क्रमशः बाह्र, आठ, पाँच र तीन हजार नगद पुरस्कार प्राप्त गरेका थिए । विभिन्न स्वदेशी तथा विदेशी खानाका परिकार, उपभोग्य वस्तुको प्रदर्शनी, ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारको जमघट, खुल्ला दोहोरी गीत प्रतियोगिता जस्ता कार्यक्रम गरिएको थियो । महोत्सवमा १५० वटा कक्ष राखिएको थियोे ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]