देशलाई गणतान्त्रिक हिन्दू राष्ट्र बनाउन पशुपति शमशेरको माग


pashupatiराष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले आगामी संविधानमा गणतान्त्रिक हिन्दू राष्ट्र हुनुपर्ने बताउनुभएको छ । विराटनगरमासञ्चारकर्मीसँग उहाँले ८१ प्रतिशत हिन्दू बसोबास गर्ने देशमा धर्मका सम्बन्धमा विवाद भएमा जनमत सङ्ग्रहमा गई निर्णय गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घीयता थाँती राखी संविधान जारी हुननसक्ने बताउँदै अध्यक्ष जवराले नेपाल दलित, मधेसी, आदिवासी, जनजाति सबैको भएकाले सहमतिका आधारमा संविधान जारी हुनुपर्ने धारणा राख्नु भयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]