जनतालाई अधिकार नदिने संविधान बनाउने खेलमा सत्ताधारी दलहरु लागेको एमाओवादी प्रवक्ता दिनानाथ शर्माको ठहर, संविधान नबन्ने खतरा


dinanathएकीकृत नेकपा(माओवादी)ले जनतालाई अधिकार नदिने संविधान बनाउने खेलमा सत्तामा रहेका दलहरू लागेको आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका प्रवक्ता दीनानाथ शर्माले विगतमा भएका सहमति तथा सम्झौता विपरीत सत्ताधारी दल लागेको भन्दै संविधान नबन्ने खतरा बढेको बताउनुभयो । संविधान निर्माणको आधार दलहरूबीच भएको १२ बुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता भएको तर्क गर्दै उहाँले सहमति बिर्सेर अगाडि जान खोज्ने प्रवृत्तिको अन्त्य नभएसम्म राजनीतिक गत्यावरोधको अन्त्य हुन सक्दैन भन्नुभयो । प्रवक्ता शर्माले भन्नुभयो, ‘‘काँग्रेस–एमाले संविधानसभाबाट संविधान नबनाएर आयोग गठन गरी ०४७ सालबाट संविधान बनाउने मानसिकतामा रहेका छन् । पछिल्लो दिनमा उनीहरूले प्रस्तुत गरेको सात प्रदेशको अवधारणा त्यसैको प्रतिफल हो ।’’ आफ्नो पार्टी संविधान निर्माणमा प्रतिबद्ध भएर लागेको धारणा राख्दै उहाँले जनअपेक्षा विपरीत जान खोजे कोही कसैलाई पनि नेपाली जनताले नछाड्ने बताउनुभयो । संविधान सहमतिको दस्तावेज हुने भएकाले कुनै दल विशेषको घोषणापत्र हुन नसक्ने उहाँको कथन थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]