गाडी तस्करी गर्ने गिरोह पक्राउ, भारतबाट ल्याएर नम्बर प्लेट फेरी बिक्री गर्ने एक भारतीय र दुई नेपाली प्रहरी नियन्त्रणमा


indiaभारतबाट गाडी तस्करी गरी नेपालका विभिन्न जिल्लामा बिक्री गरेको आरोपमा एक भारतीयसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले रत्ननगरबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । गाडी तस्करीको आरोपमा भारत गोरखपुर थाना बस्ने ३४ वर्षका गुड्डु भनिने मोहम्मद आलमसहित अन्य दुई नेपालीलाई पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गुड्डु भने मुख्य नाइके छन् । उनीहरूबाट नगद रकमसमेत बरामद गरिएको छ । विशेष सुराकीको आधारमा चितवनका प्रहरी प्रमुख थापाको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ । गुड्डुका साथबाट रु एक लाख ३३ हजारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूले गाडी ल्याएर नम्बर प्लेट फेर्ने र गाडी नम्बरसमेत परिवर्तन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । सोही क्रममा जयमङ्गला निवासी ३३ वर्षीय दीपेन्द्र श्रेष्ठ र चितवन जगतपुरका आश्विन श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]