बीस किलो चाँदी र पाँच तोला सुनसहित दुई भारतीय युवक पक्राउ


chadiरौतहट प्रहरीले २० किलो चाँदी र पाँच तोला सुनसहित दुई भारतीयलाई आज बिहान पक्राउ गरेको छ । नेपालबाट भारतको बैरगनिया जाँदै गरेका बिआर३०जे १२०६ नम्बरको भारतीय मोटरसाइकलमा गौरबाट बैरगनिया जाँदै गरेको अवस्थामा गौर नगरपालिका–२ बाट प्रहरी नायब निरीक्षक अरूणकुमार कुशवाहको नेतृत्वमा रहेको प्रहरी टोलीले उनीहरूमाथि शङ्का लागि चेकजाँच गर्दा झोलामा राखेको २० किलो चाँदी र पाँच तोला सुनको बिस्कुट बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारत बैरगनिया घर भएका २० वर्षीय रविकुमार सोनी र सोही स्थानका १८ वर्षीय रोहितकुमार गुप्ता रहेको रौतहटका प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले बताउनुभयो । पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]