शुक्रबार सरी ल नेपाल रिलिज , सिड्नीमा नोभेम्बर २२ तारिख

आउँदो शुक्रबार नेपालभर रिलिज हुने फिल्म ‘सरी लुको सोमबार प्रिमियर गरिएको छ। बिग मुभिजमा भएको प्रिमियरमा सञ्चारकर्मी तथा फिल्मकर्मीको उपस्थिति थियो। फिल्म हेर्न एमाले नेता रघुजी पन्त पनि बिग मुभिज पुगेका थिए। सामाजिक सञ्जालमा स्थापित हुने प्रेम र त्यसले निम्त्याउने आरोह अवरोहमा केन्द्रित फिल्ममा राजन खतिवडा, सुवास थापा, अनिता आचार्य आदिको अभिनय रहेको छ। ‘ग्ल्यामहन्ट २०१३ु की विजेता अनिताको यो पहिलो फिल्म हो। थिएटरको पृष्ठभूमिबाट आएका राजन र सुवासको अभिनयका कारण फिल्म दर्शनीय बनेको प्रिमियरमा उपस्थितहरुको प्रतिक्रिया थियो। फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन्। निर्देशक लामिछानेले पनि समसामयिक कथामा बनेको फिल्मलाई हेर्नेले मनपराएको बताए। ‘फिल्म कथा एकदमै समसामयिक छ। कथामा दर्शकले आफूलाई जहाँ पनि जोड्न सक्ने ठाउँ छ। प्रतिक्रियाबाट उत्साहित छु,ु लामिछानेले भने। अञ्जु केसी र कृष्ण बहादुर महर्जनले निर्माण गरेको फिल्मलाई शिवम अधिकारी र सोमनाथ खनालले लेखेका हुन् भने फिल्ममा शैलेश श्रेष्ठको संगीत रहेको छ। चलचित्रलाई सिड्नीमा २२ र २९ तारिख रिलिज गरिनेछ। यसको रिलिज एमएनएभीले गरेको हो भने हर्सभीलस्थित सिभिक थियटरमा साँझ ५स्३० बजे पहिलो शो हुनेछ।