जब दिनभर फहरायो नेपाली झण्डा मेलबर्नको फेडरेशन स्क्वायरमा


IMG_0075नेपाल महोत्सव २०१४ को मेलबर्न संस्करणको विहान १० बजे अष्ट्रेलियाका लागि नेपाली राजदूत रुद्रकुमार नेपालले नेपाली झण्डोत्तोलन गर्नुभएको थियो । यस औपचारिक समारोहको आयोजना भिक्टोरियाका लागि नेपाली कन्सुलेट जनरलको कार्यालयले गरेको थियो । झण्डोत्तोलनपछि आयोजना गरिएको कार्यक्रममा विभिन्न वक्ताहरुले आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रममा बोल्दै नेपाली राजदूत रुद्रकुमार नेपालले बहुसांस्कृतिक मुलुक अष्ट्रेलियामा नेपाली समूदायको एकताबाट आपूm प्रभावित बनेको बताउनुभयो । उहाँले एकताबद्ध भएर नै नेपालीले यहाँ राम्रो उदाहरण दिनसक्ने बताउनुभयो । यस्तै हाउस अफ रिप्रेजेन्टेटिभका एमपी मार्क ड्रेयफुस, सिटी अफ मेलबर्नका केन अंग, मोरील्याण्ड सिटी काउन्सिलका मेयर मेगान हुपर लगायतले नेपाली झण्डा विश्वमै विशिष्ठ रहेको बताउनुभयो । बहुसांस्कृतिक मुलुक अष्ट्रेलियाले सबैलाई समाानताका साथ स्वागत गर्ने पनि उहाँहरुको भनाई थियो । आफ्नो, कला, संस्कृतिको जगेर्नाका निम्ति पछिल्लो दिनमा नेपाली समूदायको सक्रियताका विषयमा उहाँहरुले प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा एनआरएन अध्यक्ष शेष घलेले बोल्दै अंग्रेजी अक्षर सी को महत्वको चर्चा गर्नुभयो । सिबाट नै कन्ट्री अर्थात् देश आउने, र दुबै देश (नेपाल र अष्ट्रेलिया) प्रतिको दायित्व भुल्न नहुने उहाँको भनाई थियो । उहाँले नेपाली समूदायका विभिन्न संगठनहरुसँग मिलेर काम गर्न एनआरएन तयार रहेको समेत बताउनुभयो । कार्यक्रममा नै नेप्लीज एसोसिएसन या भिक्टोरियाका अध्यक्ष सुधिर शाक्यले समूदायको एकताका विषयमा बोल्नुभएको थियो । अन्त्यमा भिक्टोरियाका लागि अवैतिक महावाणिज्यदूत चन्द्र योञ्जनले सबैलाई धन्यवाद दिँदै नेपाली झण्डा मेलबर्नको मुटुमा फहराउँदाको क्षण वास्तवमै अविस्मरणीय बनेको बताउनुभयो । उहाँले अघिल्लो पटकको नेपाल फेष्टिभलको स्मरण गर्दै नेपाली झण्डा देखेर नेपाली विद्यार्थीहरु भावुक बन्दै आँशु खसालेको र झण्डासँग, राष्ट्रिय गीतसँग नेपालीको अत्यन्तै ठूलो भावनात्मक सम्बन्ध रहेको बताउनुभयो । कार्यक्रमस्थल बाहिर नेपाली झण्डा फहराइरहेको स्थानीय अन्य समूदायका नागरिकले निकै चासोपूर्वक हेरेका थिए । विहान १० बजे फहराइएको झण्डा कार्यक्रम सकिएपछि मध्यरातमा मात्रै हटाइएको थियो । यस्ता कार्यक्रमले विश्वका विभिन्न शहरमा नेपालीको उपस्थितिलाई जनाउने र नेपाली समूदायकाप्रति अन्य समूदायको चासोलाई समेत बृद्धि गर्ने गरेको नेपाल महोत्सवमा सहभागीहरुले प्रतिक्रिया दिएका छन् । कार्यक्रमका तस्वीरहरु यो ग्यालरीमा हेर्नुहोस्

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]