नेपाल महोत्सवको सांस्कृतिक परेडमा देखियो अभूतपूर्व सहभागिता, नेपालीबारे अन्य समूदायको पनि चासो


parade 1अष्ट्रेलियाको मेलबर्नमा आयोजना गरिएको नेपाल महोत्सव २०१४ को मेलबर्न संस्करण अन्तर्गत मेलबर्नको स्टेट लाईब्रेरी अगाडिबाट कार्यक्रमस्थल फेडरेशन स्क्वायरसम्मको परेडको सर्वत्र प्रशंसा भएको छ। यस परेडमा कैयौं नेपाली सहभागी भएका थिए। दौरा सुरुवाल र नेपाली टोपीमा सजिएका उनीहरु पञ्चे बाजाको तालमा नाचिरहेका थिए। साथै, बुद्धको प्रतिमासहित लाखे, कुमारीको प्रतिरुप पनि प्रदर्शन गरिएको थियो । परेडमा विभिन्न मौलिक नेपाली वेषभूषा र बाजागाजा प्रदर्शन गरिएको थियो। कार्यक्रममा नेपालबाट आउनुभएका अतिथिहरु पनि सहभागी बन्नुभएको थियो भने मेलबर्नबाट सैयौं नेपाली समूदायका व्यक्तिहरु सहभागी हुनुभएको थियो। एनआरएन अध्यक्ष शेष घले, भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनसहित नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी, वरिष्ठ कलाकार नीर शाह जो यतिबेला नेपाल टेलिभिजनको अध्यक्ष हुनुहुन्छ उहाँसहित एनआरएन अध्यक्ष महेन्द्र ओली, न्याभका अध्यक्ष सुधिर शाक्य, अष्ट्रेलियाका लागि नेपाली राजदूत रुद्रकुमार नेपाल लगायतले सहभागी बन्नुभएको थियो। करिब एक किलोमिटरको मार्चमा त्यहाँका स्थानीय अष्ट्रेलियन नागरिकहरुले रुचिपूर्वक र्यालीलाई हेरेका थिए। उनीहरु र्यालीमा ल्याइएको बुद्धको बुद्धको मूर्ति, कुमारी, लाखेका प्रतिरुप र पञ्चेबाजा देखेर यसका विषयमा चासोपूर्ण प्रश्न गरिरहेका भेटिन्थे।कार्यक्रमका तस्वीरहरु हाम्रो फेसबुक पेजमा हेर्न सक्नुहुन्छparade3

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]