प्रधानसेनापति सेना प्रमुखहरुको वार्षिक सम्मेलनमा सहभागी


gaurav ranaप्रधानसेनापति गौरबशम्सेर जबरा संयुक्त राज्य प्यासिफिक कमाण्ड र रोयल ब्रुनाइ आर्मड फोर्सको संयुक्त तत्वावधानमा ब्रुनाइमा आयोजना हुने एशिया प्रशान्त क्षेत्रका राष्ट्रका सेना प्रमुखको वार्षिक सम्मेलनमा सहभागी हुनुभएको छ ।सो सम्मेलन यही कात्तिक २० गतेसम्म ब्रुनाइको दारुसलाममा आयोजना हुँदैछ । प्रधानसेनापति राणाले मलेसियन सशस्त्र बलका सुरक्षा बल प्रमुख जनरल डाटो पादुका सेरी टान स्रि डाटो स्रि सेइ जुल्कीफेली विन मोहद्द जिन तथा माल्दिभ्सका राष्ट्रिय सुरक्षा बलका सुरक्षा बल प्रमुख माज जेन अहमत सियामसँंग छुट्टाछुट्टै द्विपक्षीय भेटघाट गर्नु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सम्मेलनको प्रारम्भमा संयुक्त राज्य प्यासिफिक कमाण्डर एड्माइरल सामुयल जे लकलेयर तृतीय र रोयल बु्रनाइ आर्मड फोर्सका मेजर जनरल सेरी पल्ह्वान मोहद टावीथ विन अब्दुलाहले सम्मेलनको बारेमा बोल्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]