सीमामा रक्तपातपछि पाकिस्तानमा उच्च सतर्कता


pakistanपाकिस्तानको पूर्वी नगर लाहोर नजिकै भारतसँगको सीमा वागामा आइतबार दैनिक रूपमा निरीक्षण चौकी बन्दको कार्यक्रमपछि भएको एक आत्मघाती बम आक्रमणमा ५५ भन्दा बढी व्यक्तिको मृत्युभएको छ भने असुरामा शोक यात्राका समयमा सोमबार सुरक्षा व्यवस्था सतर्क बनाइएको छ । उक्त विस्फोटका कारण १२० भन्दा बढी व्यक्ति घाइते भएका छन् । यो पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफका लागि शक्तिकेन्द्र तथा सबैभन्दा धनी र अधिक जनसङ्ख्या भएको पञ्जाव प्रान्तमा विरलै देखिने आक्रमण हो । तेहरिक–ए–तालिवान पाकिस्तान (टीटीपी) का दुई भिन्न समूहले उक्त आक्रमणका लागि आफ्नो जिम्मेवारी दाबी गरेका छन् । पाकिस्तानमा विद्रोही लडाकूको बाहुल्य भएको उत्तरपश्चिमी आदिवासी क्षेत्रमा सेनाले आक्रमण आरम्भ गरेपछिको यो पहिलो ठूलो आक्रमण हो । वागामा सीमाचौकी बन्द हुने कार्यक्रम पर्यटकको आकर्षण बनेका छ र यसलाई हेर्न सबै क्षेत्रका मानिस आउने गर्छन् । सोमबार धर्मगुरु मोहमदका नाती हुसेनको देहावसानको तिथिमा असुरामा सिया मुसलमानले धार्मिक कार्यक्रम मनाउँदा आक्रमणको सम्भावनामा मुलुकभर सुरक्षा व्यवस्था कडा बनाइएको छ । यस शोक यात्रामा हजारौँ सिया अल्पसङ्ख्यक सडकमा उत्रने गरेका छन् र यस्तो यात्रामा हालैका वर्षमा जातीय रक्तपात हुने गरेको छ । सोमबार इस्लामाबाद तथा रावलपिन्डीमा करिब १० हजार सैनिक तथा अर्धसैनिक तैनाथ गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । यस अवधिमा केही मोबाइल फोन सेवा बन्द गरिएको छ । पाकिस्तानमा विद्रोही लडाकूले बम विस्फोट गराउन मोबाइल फोन प्रयोग गर्ने प्रयास गर्ने भएकाले यस्तो सेवा बन्द गरिने गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त नीच आतङ्कवादी आक्रमणले आफूलाई स्तब्ध बनाएको बताउँदै त्यसको भत्र्सना गर्नुभएको छ र पीडित परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । अफगान राष्ट्रपति अस्रफ घानीले पनि उक्त आक्रमणको भत्र्सना गर्नुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]