फेरि घट्यो तेलको भाउ, अब पेट्रोल लिटरको १ सय २८ रुपैयाँ


petrolनेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्य कटौती गरेको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा दुई रुपैयाँ ४७ पैसा घटाएर १२८ रुपैयाँ तथा डिजल र मट्टितेलमा एक रुपैयाँ ६७ पैसा घटाएर १०१ रुपैयाँ ५० पैसा कायम गरेको हो । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेकाले मूल्य समायोजन गरिएको निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार इन्डियन आयल कर्पोरेसनले यही कात्तिक १५ गते घटेको नयाँ मूल्यसूची निगमलाई पठाएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]