८० वर्षका बृद्धले ७ वर्षीया बालिका बलात्कारको प्रयास गरेपछि प्रहरी नियन्त्रणमा, नुवाकोट खानीगाउँका लोकबहादुर थापा हिरासतमा


rapeबालिकालाई बलात्कार प्रयासको आरोपमा नुवाकोट खानीगाउँका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको खानीगाउँ बराफेदीका ८० वर्षीय वृद्ध लोकबहादुर थापालाई छिमेककी एक सात वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको प्रहरी निरीक्षक प्रकाश शर्माले जानकारी दिनुभयो हिजो अपराह्न घरमा कोही नभएको समयमा बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले शनिबार बेलुकै थापालाई पक्राउ गरेको हो पीडित बालिकाका परिवारले  जिल्ला प्रहरी कार्यालयमा थापाले बलात्कार गर्ने प्रयास गरी यौन दुव्र्यहार गरेको उल्लेख गरी निजलाई कारबाहीको माग गर्दै जाहेरी दिएका छन् पीडित बालिका पीडक थापाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको पीडित पक्षको जाहेरीको आधारमा घटनाको अनुसन्धान गरि मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको । (तस्वीर बलात्कारको सांकेतिक मात्र हो )

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]