तपाईंले देख्नुभएको छैन होला यति खराब कार चालक


car1कार चलाउनु सजिलो कुरा होइन । तर, सही तालिम भयो भने तपाईंले सजिलै कार चलाउन पनि सक्नुहुन्छ । यदि तालिम छैन भने तपाईंका लागि कार चलाउन त सजिलै होला तर पार्किंगमा भने समस्या पर्न सक्छ । यस्तै एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा आएको छ चीनबाट । चीनका एक व्यक्ति कार पार्क गरिएको ठाउँबाट यसलाई व्याक गरेर निकाल्न खोज्छन् । तर, उनलाई धेरै ठाउँ भएको सजिलो कार पार्कबाट बाहिर आउन पनि १० मिनेटको समय लाग्दछ । यति मात्र होइन, यही १० मिनेटकाबीचमा पनि उनले कैयौं पटक नजिकैको कारलाई ठोक्दछन् । कार बाहिर त निस्कियो तर, यो भिडियो रेकर्ड भयो नजिकैको सीसीटीभी फुटेजमा । जसलाई हेरेर यतिबेला धेरैजना भन्दैछन्, विश्वमै यदि खराब कार चालकको रेकर्ड बनाउनु पर्यो भने यिनैलाई दिँदा हुने रहेछ । तपाईंपनि भिडियो हेर्न चाहनुहुन्छ भने यो लिंगमा जानुहोस् ।
https://www.youtube.com/watch?v=AvAitJmW24Y

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]