यात्रु बस एकआपसमा ठोक्किदा मृत्इु हुनेको संख्या १० पुग्यो


makwanpurकाठमाडौँबाट विराटनगर जान आइरहेको ना ४ ख ५४४८ नम्बरको रात्रि बससँग इलामबाट काठमाडौँ जान आइरहेको ना ५ ख ४८४१ नम्बरको बस हेटौँडा नारायणगढ सडकखण्डको बस्तीपुरमा गएराति २ बजे ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । दुर्घटनामा परी इलाम बरबोटे ४ का प्रवीनराज आचार्य, इलाम पीपलबोटेका रोसन भट्टराई, इनपा २ की सुजता काफ्ले, इलाम नाम्सालिङका मिलन अधिकारी, इनपा ३ रक्षा श्रेष्ठ, इनपा ४ इसा कार्की, इलामका प्रिजेज दाहाल, इटहरीकी शान्ति लुइटेल, थर खुल्न नसकेकी आस्था र रसियन नागरिक २६ वर्षकी दरिया मल्चापोभा रेको बताइएको छ। सो दुर्घटनामा २९ जना गम्भीर घाइते भएको र उनीहरुलाई उपचारका लागि चितवनको भरतपुरस्थित विभिन्न अस्पतालमा पु¥याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । इलामबाट काठमाडौं आउँदै गरेको ना ५ ख ४८४१ नम्बरको मेट्रो डिलक्स बस र काठमाडौंबाट बिराटनगर जाँदै गरेको ना ४ ख ५४४८ नम्बरको शुभश्री बस जुद्धा दुर्घटना भएको होे । एकजना चालक फरार छन् भने अर्काको उपचार भइरहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]