विवादित विषयमा सहमति जुट्न नसके प्रक्रियामा जान सहमत बन्नुपर्ने भट्टराईको भनाई, १५ गते अन्तिम प्रयास हुने


CPDCC Meetingसंवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बावुराम भट्टराईले संविधानका विवादित विषयमा सहमतिको लागि अन्तिम समयसम्म अधिकतम प्रयास गरिने बताउनुभएको छ ।समितिका सभापति डा. भट्टराईले विवादका मुख्य विषयमा कुरा मिलेपछि त सहमतिमा पुगिहालिन्छ भन्नुभयो । “मुख्य ताल्चा एकपटक खोलेपछि त खुलिहाल्यो त्यसपछि अघि बढ्न समय त लाग्दैन नि, त्यो खुल्नलाई अलि समय लागेको हो,” सभापति डा. भट्टराईले भन्नुभयो । उहाँले १५ गते सहमतिको लागि फेरि अन्तिम प्रयास गर्ने जानकारी दिनुभयो ।       विवादित विषयमा सहमति हुन नसके प्रश्नावली लिएर संविधानसभामा जाने हो कि भन्ने प्रश्नमा समितिका सभापति डा. भट्टराईले त्यसबारेमा हामी समितिमा छलफल गछौ के निर्णय हुन्छ सोही अनुसार अघि बढ्छौ भन्नुभयो । नेपाली काँग्रेस र नेकपा (एमाले)ले सहमति हुन नसके प्रक्रियामा जानुपर्नेमा जोड दिएका छन् नी भन्ने प्रश्नमा डा. भट्टराईले त्यो कुरा पनि उहाँहरूले बुझनुभएको बताउँदै सहमति र मतदान पनि प्रक्रिया भएकाले सबै विषयमा सहमति चाहिन्छ भन्नुभयो । संविधानसभाले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई तेस्रो पल्ट संविधानका विवादित विषयमा सहमति जुटाउने समयसीमा तोकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]