तीन दलको बैठक निष्कर्शविहीन, प्रधानमन्त्री निवासमा भेला भए नेताहरु तर सहमतिको सम्भावना देखिएन, आज दिउँसो फेरि बैठक बस्ने


????????????????????????????????तीन दलका शीर्ष नेताहरुबीच संविधानको प्रमुख विवादित विषयमा शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा छलफल भए पनि कुनै सहमति हुन सकेन । आज दिउँसो पुनः बस्नेगरी बैठक स्थगित भयो । दलहरुबीच लामो समयदेखि सहमतिको प्रयास भइरहेका संविधान निर्माणका विवादित विषय मध्ये सङ्घीयताको विषय जटिल बन्दै गएको छ । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलका अनुसार अहिले मुख्य समस्या भनेकोनै प्रदेशको नामाकरण र सीमाङ्कन हो, भने अर्को राज्यको शासकीय स्वरुप अन्तर्गत राष्ट्रपति र प्रधानमन्त्रीको निर्वाचन प्रत्यक्ष निर्वाचनद्धारा गर्ने या नगर्ने भन्नेमा जटिलता उत्पन्न भएको छ । एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठक निष्कर्षहीन भएको र  सहमति हुने अवस्था नरहेको प्रष्ट पार्नुभयो । प्रदेश कति बनाउने, निर्वाचन प्रणाली कस्तो हुनेमानै मुख्य विवाद रहेको उहाँले बताउनुभयो । उपाध्यक्ष श्रेष्ठका अनुसार एमाओवादीले १० प्रदेश हुनुपर्ने र प्रदेशको नामाकरण सभाले गर्ने धारणा लिएको छ । नेपाली काँग्रेसले सङ्घीय राज्य बढीमा सात प्रदेश हुनुपर्ने धारणा लिएको छ ।
यसैबीच, नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले दलहरुबीच सहमति हुन नसके दुईतिहाई बहुमतबाट आगामी माघ ८ गते नै संविधान जारी गरिने दोहो¥याउनुभएको छ । उपाध्यक्ष रावलले सकेसम्म दलबीच सहमति खोजेर संविधान जारी गरिने उल्लेख गर्दै सहमति हुन नसकेमा काँगे्रस नेतृत्वकै सरकारले दुईतिहाई बहुमतबाट संविधान जारी गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । काँग्रेस नेतृत्वको सरकारसँग संविधानसभामा ४३० सभासद् रहेकाले दुईतिहाई बहुमत जुटाएर संविधान जारी गर्न समस्या नहुने उहाँको भनाई थियो । उपाध्यक्ष रावलले अहिले सत्ता परिवर्तनको खेलमा एमाले नभई एमाओवादी लागेको आरोप लगाउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]