घन्किने भो नेपाली पञ्चेबाजा मेलबर्नको सडकमा


hello 1नेपाल महोत्सव मेलबर्न २०१४ शनिबार र आइतबार
नेपाल महोत्सव २०१४ को मेलबर्न संस्करण शनिबार सुरु हुँदैछ । शनिबारको दिन मेलबर्नको होटल नेपालको पर्यटन र लगानीको सम्बन्धमा कार्यशाला आयोजना गरिनेछ । मुख्यतः नेपालको पर्यटन विकासमा कस्तो योगदान गर्न सकिन्छ र विदेशी नागरिकलाई नेपालाको भ्रमण गर्न प्रोत्साहित गर्ने उपायका विषयमा यहाँ छलफल गरिनेछ । यसमा सहभागी हुन नेपालबाट व्यापारी र व्यवसायीहरु आउँदै हुनुहुन्छ । महोत्सवमा एनआरएनआईसीसी अध्यक्ष शेष घले, भिक्टोरियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली लगायत अष्ट्रेलियामा रहनुभएका अन्य सफल व्यवसायीहरु सहभागी हुनुहुनेछ । कार्यक्रममै सहभागी हुनका लागि नेपाल टेलिभिजनका अध्यक्ष एवं कलाकार नीर शाह आउँदै हुनुहुन्छ । उहाँले पनि कार्यशालामा आफ्नो प्रस्तुति दिनुहुनेछ । कार्यशालापछि गाला डिनरको आयोजना गरिएको छ । यसैगरी आइतबार मध्यान्ह पञ्चेबाजाको साथमा परेड गरिनेछ । परेड स्टेट लाईब्रेरीबाट कार्यक्रमस्थल फेडरेशन स्क्वायरसम्म हुनेछ । जहाँ नेपाली कला संस्कृतिलाई अष्ट्रेलियन समाजमा चिनारी दिनका निम्ति विविध सांस्कृतिक कार्यक्रमका साथ फुड फेष्टिभलको आयोजना गरिने भएको छ । अपरान्ह ४ बजेदेखि औपचारिक कार्यक्रम हुने र ६ बजेदेखि कन्सर्ट आयोजना गरिने आयोजक कमिटी एवं एनआरएन भिक्टोरियाका सदस्य कृष्णप्रसाद न्यौपानेले एमएनटीभीलाई जानकारी दिनुभयो । कन्सर्टमा सविन राई, मिलन लामा लगायतका कलाकार नेपालबाट आउनुहुनेछ भने स्थानीय कलाकारको आकर्षक प्रस्तुति समेत रहनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]