सत्तासाझेदार दलहरु काँग्रेस र एमालेबीच संविधान निर्माणबारेमा छलफल, प्रक्रियामा जाने तयारी


???????????????????????????????प्रमुख सत्तारुढ दुई दल नेपाली काँग्रेस र नेकपा ९एमाले०बीच संविधान निर्माणका विवादित विषयमा यही कात्तिक १५ गते भित्र सहमति नभए प्रक्रियामा जाने बारेमा छलफल भएको छ । बैठकमा तोकिएको समयभित्र सहमति नभएमा कसरी अघि बढ्ने भन्ने विषयमा दुवै दलबीच छलफल भएको काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खडकाले बताउनुभयो । बैठकमा संविधानका विवादित विषयहरु सङ्घीयता, राज्यको पुनःसंरचना, न्याय र निर्वाचन प्रणालीका बारेमा छलफल हुनुका साथै सहमतिका लागि बिहीबार बिहान पुनः दुई दल र तीनदलको बैठक बस्ने सहमहामन्त्री खडकाले जानकारी दिनुभयो । विवादित विषयमा सहमति जुटाउन संविधानसभाले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिलाई अन्तिम पटक भन्दै तेस्रोपटक यही कात्तिक १५ गतेसम्मको समय दिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]