इराकमा अष्ट्रेलियाका दुईसय सैनिक


bishopअष्टे«लियाले इराकमा करिब दुईसय सैनिक पठाएको समाचार छ । त्यहाँ मुस्लिम अतिवादीका विरुद्धमा जारी रहेको अमेरिकी कारबाहीलाई सघाउनका लागि ती सैनिक पठाइएको हो । इराकको राजधानी बग्दादमा करिब दुईसय विशेष सैन्य बल पठाइएको समाचारमा जनाइएको छ । प्राप्त समाचारमा हालैका केही हप्तायतादेखि इराकी राजधानी बग्दादमा अमेरिकाले हवाई कारबाही जारी राखेको छ । सो कारबाहीमा परी सयौं इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएका इराकी सरकारले जनाएको छ । ती समूहका विरुद्धको लडाईमा इराकी सैनिकलाई सल्लाह र सहयोगको लागि अष्ट्रेलियाले सैनिक पठाएको बताइएको छ । अष्टे«लियाली विदेशमन्त्री जुलि बिसपले सेना पठाउने सम्झौता गरी अन्य कानुनी प्रक्रियासमेत पूरा भएको ती मध्येका केही सैनिक हालैमात्र पठाइएको जानकारी दिनुभएको छ । संयुक्त अरब इमिरेट्स्थित अन्तर्राष्ट्रिय बहुसेना आधार शिविरमा दुईसय जना विशेष सैन्य बल र चारसय जना हवाई सेनालाई खटाइएको थियो । हाल इराक पुगेको सो सैन्यबलले इस्लामिक स्टेट (आइएस) आतङ्ककारी विरुद्धको लडाइको लागि तालिम र सल्लाह दिने बताइएको छ । ती सैनिकहरू इराकमा तैनाथ गर्न अष्टे«लिया सरकारको स्विकृति प्राप्त भइसकेको इराकले जनाएको छ । खटिएका ती अष्टे«लियाली सैनिक हतियार बोकी युद्धस्थलमा नजाने तर इराकी सैनिकलाई युद्धकला तालिम परामर्शका साथै युद्धसम्बन्धी विशेष कला इत्यादी दने छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]