संविधान निर्माण जटिल मोडमा पुगेको कमल थापाको ठहर


kamalराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले निर्धारित समयमा संविधान जारी हुन नसके सम्पूर्ण दल र राजनीतिक प्रणालीप्रति जनताको विश्वास घट्ने बताउनुभएको छ । अन्तक्र्रियामा अध्यक्ष थापाले ठूला तीन दलका केही नेताले सहमतिका नाममा संविधानसभाको भूमिकालाई कमजोर बनाएकाले संविधान निर्माणमा जटिलता थपिएको बताउनुभयो । उहाँले संविधानसभाको विधि र प्रक्रियाबाट कोही अलग हुन नहुने भन्दै विवादित विषयमा सहमति कायम हुन नसकेमा जनमत सङ्ग्रह तथा दुई तिहाई बहुमतबाट निर्णय गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । अध्यक्ष थापाले संवैधानिक संवाद समितिको बैठक बस्न नसकेको अवस्थामा सहमतिको नाममा समय खेर फाल्न नहुने र संविधानसभाको कार्यतालिका पटकपटक परिवर्तन गर्न नहुनेमा जोड दिनुभयो । उहाँले पार्टीले उठाउँदै आएको हिन्दू राष्ट्र, संवैधानिक राजतन्त्र र सङ्घीयताका बारेमा जनमत सङ्ग्रहको माग गर्दै देशभर सुरु गरिएको हस्ताक्षर अभियानको परिणाम आएपछि त्यसलाई हासिल गर्न थप सशक्त रणनीतिक कार्यक्रम ल्याइने प्रष्ट पार्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]