फेरि अर्को विश्वविद्यालयका पदाधिकारी अख्तियारको फन्दामा, पोखरा विश्वविद्यालयका उपकुलपतिसहित २३ जना निन्त्रणमा


central_officeअख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा विश्वविद्यालयमा आर्थिक अनियमितताका आरोपमा उपकुलपति खगेन्द्रप्रसाद भट्टराईलगायत २३ जनालाई हिरासतमा लिएको छ । विविमा आर्थिक अनियमितता गरी आफूविरुद्धको प्रमाणसमेत लोप गर्न सक्ने स्थिति देखिएको भन्दै आयोगले आज उनीहरूलाई हिरासतमा लिएको हो । हिरासतमा लिइएकामा तत्कालीन कार्यकारी परिषद् सदस्य इन्द्रप्रसाद तिवारी, भवानीप्रसाद पाण्डे, ज्ञानेश्वर शर्मा, चन्द्रमणि पौडेल र ईश्वचन्द्र बानियाँ, कार्यकारी परिषद् सदस्य दीपकराज पौडेल, रजिस्ट्रार प्रा डा मानबहादुर केसी, योजना महाशाखा प्रमुख हरिबहादुर खड्का तथा उपप्रशासकद्वय यादव थापा र रवीन्द्रप्रसाद बराल हुनुहुन्छ । हिरासतमा लिइएका अन्यमा पूर्वउपकुलपति केशरजङ्ग बराल, पूर्वरजिस्ट्रार ओमप्रकाश शर्मा, विज्ञान तथा प्रविधि सङ्कायका डिन सुरेशप्रसाद बाँस्तोला, पूर्वपरीक्षा नियन्त्रक कर्णवीर पौडेल, कामु परीक्षा नियन्त्रक पूर्णचन्द्र शर्मा, परीक्षा नियन्त्रक बलराम भट्टराई, परामर्शदाता प्रमुख पदमबहादुर शाही, प्राविधिक शाखा प्रमुख विनोदप्रसाद ढकाल, उपप्रशासक होमबहादुर थापा, उपप्रशासक गोबद्र्धन भट्टराई र ठेकेदार रामेश्वर भण्डारी छन् । अनियमितताको आरोप लागेका इन्जिनियर सुरेश बराल भने फरार छन् । आयोगले उनीहरूलाई आयोगको ऐन, २०४८ को दफा १६ अनुसार हिरासतमा लिई अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]