नयाँ नेपालको न्याय प्रणालीबारे प्रधानन्यायाधीशसहित ५ जनासँग तीन दलका नेताको छलफल


????????????????????????प्रधानन्यायाधीश रामकुमारप्रसाद साहसहित पाँच न्यायाधीशसँग प्रमुख तीन दलका नेताले सिंहदरबारमा नयाँ संविधानमा न्यायपालिका सम्बन्धमा राय÷सल्लाह लिनुभएको छ । उहाँहरूबीच करिब चार घन्टा छलफल भएको थियो । संविधानसभाको संवैधानिक–राजीतिक सहमति संवाद समितिका सभापति डा बाबुराम भट्टराईको आमन्त्रणमा भएको छलफलमा न्यायपालिकाअन्तर्गत नयाँ संविधानसभाको संवैधानिक अदालत राख्ने÷नराख्ने, राखेमा त्यसको कार्यक्षेत्र कस्ता हुने, न्यायाधीशहरूको योग्यता, नियुक्ति प्रक्रिया, संवैधानिक निकायमा नियुक्ति प्रक्रिया, न्यायपालिकाभित्र हुने अनियमितताको छानबिनका लागि स्थापना गर्ने संयन्त्रजस्ता विषयमा राय दिइएको थियो ।  बैठकपछि सभापति डा भट्टराईले भन्नुभयो, “हामीहरूबीच जीवन्त छलफल भयो । एकअर्काको भावना साटासाट तथा प्रश्नोत्तर पनि भयो । यसले हामीलाई निष्कर्ष निकाल्न मद्दत गर्नेछ ।” उहाँले सहमति निर्माणको अन्तिम चरणमा महत्वपूर्णरूपमा छलफल भएको भन्दै यही कात्तिक १५ भित्रमा महत्वपूर्ण विषयमा प्रमुख दलहरूबीच सहमतिमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसैगरी, नेकपा (एमाले)का नेता माधवकुमार नेपालले एकअर्काका भावना बुझ्न महत्वपूर्ण अवसर भएको प्रतिक्रिया दिनुभयो । छलफलमा प्रधानन्यायाधीश साहसित वरिष्ठतम् न्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्कीलगायत हुनुहुन्थ्यो । उहाँहरूले भने कुनै प्रतिक्रिया दिनुभएन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]