रिलिज भयो शाहरुख खानको प्रतिक्षित ह्याप्पी न्यू इएर

फराह खानले निर्देशन गरेको चलचित्र ह्याप्पी न्यू ईएर आज शुक्रबार रिलिज गरिएको छ। मुख्यत ६ जनाले डान्स कम्पिटिशनको बहानामा कसरी मिशन ह्यापी न्यू इएयर अर्थात् हिराको चोरी गर्ने कार्य सम्पन्न गर्छन् भन्ने कुरा यसमा हेर्न सकिनेछ। फराह खानले यसअघि शाहरुख खानका साथ ओम शान्ति ओम र मै हुँ ना चलचित्र बनाइसकेकी छिन् । दिपिका पादुकोण यसमा डान्स टिचरको भूमिकामा छिन् भने डान्स कम्पिटिशनमा भाग लिन जाने ६ युवाको कथा यसमा समेटिएको छ । जसमध्ये शाहरुख पनि एक हुन्छन् । यसलाई एक्सन कमेडी चलचित्र भनिएको छ । शाहरुख खानका गत वर्षको चलचित्र चेन्नई एक्सप्रेसले पाएको सफलतापछि ह्याप्पी न्यू इएरले कस्तो धमाल गर्ने हो यो प्रतिक्षाको विषय बनेको छ ।