आजदेखि नेपाल सम्वत् ११३५ सुरु, विविध कार्यक्रम गर्दै प्रबर्तक साख्वाको स्मरण


nhudayaनेपाल सम्वत् ११३५ आज नेपाल राज्यभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस सम्वत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ईसं ८८० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात् गराउनुभएको थियो । नेपाल संवत्ले ८८८ सम्म राष्ट्रिय सम्वत्को मान्यता पाई आधिकारिकता पाएको थियो । विसं १९६० देखि भने नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता दिन छोडिएको थियो । राणा शासनको अन्त्य भई २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल सम्वत्लाई राष्टिय मान्यताका लागि अभियान चलाई आइएको छ । नेपाल सम्वत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ । गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वत्समेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५५ सालमा सरकारले साख्वाःलाई राष्टिय विभूति घोषणा गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]