समिति क्षेत्राधिकारबाहिर गएकोले निर्देशन नमान्ने निरौलाको स्पष्टीकरण


??????????????????????????????????????????????????व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले निलम्बनका लागि निर्देशन दिएपछि नेपाल पर्यटन बोर्डका कायम मुकायम कार्यकारी निर्देशक सुवास निरौलाले समिति आफ्नो क्षेत्राधिकार बाहिर गएकोे आरोप लगाउनुभएको छ । बोर्डभित्र भ्रष्टाचार र आर्थिक अनियमितता भएको भन्दै समितिले बुधबार उहाँलाई कारबाहीका लागि निर्देशन दिएको हो । निरौलाले आज पत्रकार सम्मेलन गरी आफूले संसदीय समितिको सम्मान गर्ने भए पनि क्षेत्राधिकार नाघेर निर्देशन दिइएकोले पद नछाड्ने अडान राख्नुभयो । बोर्डभित्रको विषय अदालतमा विचाराधीन भएकाले अदालतले गरेको फैसला मात्र आफूलाई स्वीकार्य हुने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]