इबोला सङ्क्रमित अमेरिकी नर्सको स्वास्थ्यमा सुधार, मृत्युहुने ४५ सय भन्दा बढी


GTY 457128254 A DES HTH USA TXइबोलाका सङ्क्रमित बिरामीको उपचारका क्रममा आफै बिरामी परेकी एकजना अमेरिकी नर्सको स्वास्थ्य अवस्था सुध्रिएको प्राप्त एक समाचारमा जनाइएको छ । प्राप्त पछिल्लो समाचारमा उनको स्वास्थ्यमा विस्तारै सुधार अएको जनाइएको छ । ती नर्स गत सेप्टेम्बर महिनाको अन्तिमतिर लाइबेरियाबाट आएका एकजना बिरामीलाई उपचार गर्ने क्रममा बिरामी परेकी थिइन् । उनीसहित दुई जना नर्सलाई अमेरिकी एटलान्टाको एक अस्पतालमा उपचारकै क्रममा सङ्क्रमण भएको थियो । अर्की एक नर्सको भने सोही सङ्क्रमणबाट यही अक्टोबर ८ मा मृत्यु भइसकेको छ । उनको स्वास्थ्यमा सुधार आएको पछिल्लो स्वास्थ्य बुलेटिनले जनाएको छ । उपचाररत नर्स निना पाहामको स्वास्थ्यमा विस्तारै सुधार आएको छ– स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । पछिल्लो एक संक्षिप्त विज्ञप्तिमा सो विषयमा जानकारी दिइएको छ । प्राप्त समाचारमा सो विषयमा यसभन्दा बढी नखुलाइएको जनाइएको छ । अमेरिकाको एटलान्टामा रहेको एमोरी अस्पतालमा उनको उपचार जारी रहेको छ । उनी सो अस्पतालमा उपचाररत रहेकी दोस्रो नर्स हुन् । उनकी आमाले सोमबार यस विषयमा जानकारी पनि दिएकी छिन् । उनकी आमाले सोमबार भनेकि छिन्– स्वास्थ्यमा निकै कममात्रामा सुधार आएको छ, अस्पतालले यसभन्दा बढी केही भनेको छैन । उता अमेरिकाको सोही अस्पतालकै एकजना फोटो पत्रकारले भने आफूलाई अस्पतालले सो रोगको उपचार गरी निको भएको भनी घर पठाइदिएको र आफूले अर्काे जन्म पाएको महसुश भएको बताएका छन् । उनले भने– मैले अर्काे जन्म पाएँ भनेपनि हुन्छ, मलाई निको भयो भनेर अस्पतालले घर फर्काइदिएको छ, मैले लगभग अर्काे जुनी पाएँभने पनि हुन्छ । लाइबेरियामा स्वतन्त्र फोटो पत्रकारका रुपमा कार्यरत अशोका मुक्पो नामक ती पत्रकार पनि सोही सङ्क्रमणबाट पीडित भएपछि सोही अस्पतालमा भर्ना गरिएको थियो । अशोकासहित अमेरिकामा कम्तीमा आठ जना इबोला सङ्क्रमितको उपचार भइरहेको छ । यसअघि नै एकजनाको भने ज्यान गइसकेको छ ।
मृत्युहुने ४५ सय भन्दा बढी
उता विश्व स्वास्थ्य संगठनले प्रकाशन गरेको एक तथ्याङ्कअनुसार यस सङ्क्रमणबाट मृत्युहुने व्यक्तिको सङ्ख्या ४ हजार ५०० भन्दा बढी भएको जनाइएको छ । विशेषगरी पश्चिमी अफ्रिकी देशहरुमा ठूलो महामारीको रुप लिइरहेको इबोला भाइरसले अक्टोबरको दोस्रो सातासम्ममा विश्वका चार हजार ५०० भन्दा बढी नागरिकको ज्यान लिइसकेको छ । यतिखेरसम्म आइपुग्दा यो सङ्क्रमण अमेरिका, युरोप तथा विश्वका कतिपय स्थानमा देखिइसकेको छ । यसबाट सबैभन्दा बढी पीडित अफ्रिकी देशहरु नै रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले आगामी केही समय यसको फैलावट झनै खतरनाक हुदैजाने भन्दै यसको आतङ्क रोक्नका लागि विश्व समुदायसँग आग्रह गरेको छ । ो सङ्क्रमण युरोपमा प्रवेश पाएसँगै विश्वव्यापी रुपमा आतङ्क नै मच्चिएको छ । चिकित्सा अधिकारीहरुले इबोला विश्वमा एड्सपछिको अर्काे ठूलो खतरनाक सङ्क्रमण भएको बताइरहेकै बेला विश्व स्वास्थ्य संगठनको यो भनाई आएको हो । चिकित्सकहरुले यसको सङ्क्रमण थप बढ्नसक्ने भन्दै विशेष सतर्कता अपनाउन स्पेनको सरकारसँग आग्रह गरिरहेका छन् । अस्पतालमा बिरामी भर्ना गर्न पनि चिकित्सकहरु डराइरहेका छन् । स्पेनमा यसको भाइरस सङ्क्रमण भएको थाहा भएपछि युरोपियन युनियनले त्यसको रोकथामका लागि पनि विविध उपायहरुका बारेमा पनि सुझाइरहेको छ । युनियनले उक्त सङ्क्रमणको युरोपमा प्रवेश गरेको विषयमा पनि खोजी गरिरहेको जनाएको छ । स्पेनको म्याड्रिडमा रहेको ला पाज क्यारोल्स अस्पतालमा कामगर्ने एकजना नर्स सो सङ्क्रमणबाट सङ्क्रमित भएको खुलेको केही दिनपछि युरोपमा पनि आतङ्क नै मच्चिएको हो । विशेषगरी पाँचवटा पश्चिमी अफ्रिकी मुलुकमा यसको प्रकोप बढिमात्रामा रहेको थियो । मृत्यु हुनेमा अधिकांश तिनै देशका व्यक्तिहरु रहेको बताइएको छ । सो सङ्क्रमणबाट करिब नौ हजार व्यक्ति बिरामी भएका छन् । यसबाट सङ्क्रमित भएकाहरुको उपचार भइरहेको बताइएपनि यसको प्रभावकारी रुपमा औषधोपचार प्रयोगमा आउन सकिरहेको भने छैन । अमेरिकामा यसको उपचार पत्ता लागेको बताइएको छ । तर सो औषधि सर्वसुलभ भने हुन सकिरहेको छैन । यसका लागि विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघ, अमेरिका र विभिन्न विश्व संस्थाहरुले रोकथामको उपायको खोजी गरिरहेको जनाएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]