कम्पनी रजिस्टार कार्यालय पाँचै विकास क्षेत्रमा खोलिने : मन्त्री बस्नेत


?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????उद्योग मन्त्री महेश बस्नेतले काठमाडौँबाट मात्र सेवा प्रदान गरिरहेको कम्पनी रजिस्टार कार्यालयको शाखा पाँच विकास क्षेत्रमा विस्तार गर्न सरकारले तयारी गरेको जानकरी दिनुभएको छ । वीरगन्ज उद्योग वाणिज्य सङ्घले वीरगन्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले मन्त्रालयसँग बजेटको अभाव रहेकाले एकैपटक पाँच विकास क्षेत्रमा शाखा कार्यालय विस्तार नगरी पहिलो विराटनगरमा खोलिन लागेको जानकारी दिनुभयो । उहाँले उद्योगी व्यवसायीको सुविधालाई ध्यानमा राखी सरकारले यही कात्तिक १२ र १३ गते कम्पनी रजिस्टारको कार्यालयको पहिलो शाखा विराटनगरमा उद्घाटन गर्न गइरहेको बताउनुभयो । कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक वैद्यले भारतबाट वस्तु आयात गर्दा प्राविधिक कमजोरीका कारण आयातकर्ताको लागत खर्च बढेकाले त्यस्ता प्राविधिक कमजोरीलाई समाप्त पार्न उद्योग मन्त्रालयले भारतीय पक्षसँग छलफल गरी समस्या समाधान गर्ने अनुरोध गर्नुभयो । उद्योग मन्त्रालयका सचिव उत्तमकुमार भट्टराई, सहसचिव महेश्वर न्यौपानेलगायतले उद्योगीका समस्याप्रति मन्त्रालय गम्भीर रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]