फेरि खासाबाट नेपाल ल्याउँदै गरेको चार किलो सुन र २० लाख जापानी येन र ४० हजार ६०० युरो समातियो


goldचीनको खासाबाट अवैधरुपमा लुकाइछिपाइ राजधानी लैजाँदै गरेको अवस्थामा चार किलो सुन, २० लाख जापानी येन र ४० हजार ६०० युरो आज सीमा प्रहरी कार्यालय तातोपानीले बरामद गरेको छ । तातोपानीबाट काठमाडौँतर्फ जान लागेको बा२ख १०४२ नम्बरको यात्रु बसलाई जाँच गर्दा सोही बसमा यात्रा गरिरहेका बाह्रबिसे–१ निवासी ४२ वर्षीय भूपेन्द्र बस्नेतलाई भन्सार परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । भन्सार मूल्याङ्कनअनुसार बरामद गरिएको सो सुनको रु एक करोड ८० लाख र युरो तथा जापानी येनको आजको विनिमय दर अनुसार ६९ लाख ५२ हजार ३२२ हुन आउँछ । बरामद सुनसहित पक्राउ गरिएका बस्नेतलाई तातोपानी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । सो नाकाबाटै सोमबार मात्र १३ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]