भिक्टोरिया रोडमा ट्याक्सीले ठक्कर दियो एक बालकलाई


childभिक्टोरिया रोडमा मंगलबार एक ७ वर्षीय बालकलाई ट्याक्सीले ठक्कर दिँदा बालकको अवस्था गम्भीर बनेको छ । बल लिन सडकतिर दौडिएका बालकलाई ट्याक्सले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनालगत्तै आपतकालीन उद्धार केयरफ्लाईट डाक्टरसहित घटनास्थल पुगेर बालकको प्राथमिक उपचार गरेपछि वेष्टमिड चिल्ड्रेन अस्पताल लगेको छ । बालकको अवस्था गम्भीर र स्थिर रहेको प्रहरीले जनाएका छन् । दुर्घटनापछि सडक डाईभर्ट गरिएपछि केहीबेर जाम भएको थियो । प्रहरीले यस घटनाका विषयमा अनुसन्धान गरिरहेको छ भने ट्याक्सी चालकलाई रक्त र मुत्र परीक्षणका लागि अस्पता लगिएको छ ।

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]