पिकेले अमिर खानलाई कहाँ लैजाला ?


नांगो पोष्टर सार्वजनिक गरेको भनेर आलोचित बनेका बलिउड अभिनेता अमिर खानले पिके चलचित्रका अरु पनि धेरै पोष्टर सार्वजनिक गरेका छन् । जसमा उनी र अनुष्कालाई देख्न सकिन्छ भने एउटा पोष्टरमा अर्का नायक संजय दत्त पनि छन् । सञ्जय दत्त यतिबेला जेलमा छन् । तर, उनले फिल्मको आफ्नो भागको काम यसअघि नै सकाइसकेका थिए । चलचित्रको कथावस्तुबारे केही नबताइए पनि अधिकांश शुटिंग राजस्थानमा गरिएको छ । तर, अचम्मको कुरा राजस्थानमा शुटिंग भएपनि यसकै लागि भनेर ४ महिना लगाएर अमिर खानले भोजपुरी सिकेका थिए । पोष्टरको एक झलक

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]