सरी ल को प्रेसमिट, कार्तिक २१ गते अल नेपाल रिलिज, नोभेम्बर २२ मा अष्ट्रेलिया रिलिज


फिल्म प्रचारका लागि कलाकारहरु विभिन्न उपाय अपनाउने गर्दछन् । कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ुसरी लुको निर्माण यूनिटले पनि कलाकार राजन खतिवडालाई प्रचारका लागि नयाँ रुपमा उतार्यो । राजनले शरीरमा कालो र सेतो रंग पोतेर ुसरी लु लेखे । उनको यो तरिकालाई उपस्थित पत्रकारहरुले प्रशंसा गरे । तिहारको शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा राजनको गेटअप हाइलाइटमा बन्यो । कार्यक्रममा बोल्दै निर्देशक ऋषि लामिछानेले ुसरी लु दर्शकको रोजाईको फिल्मा रहेको बताए । कृष्णबहादुर महर्जनको निर्माणमा बनेको फिल्मलाई अञ्जु केसीले प्रस्तुत गरेकी हुन् । फिल्ममा सुवास थापा, अनिता आचार्य, राजन खतिवडा र मार्टिन खान मुख्य भूमिकामा छन् । तिहारको छेकोमा प्रेसमिट गरिएकाले अनामनगरस्थित मण्डला थिएटरको सभाकक्षमा दियो बाल्दै झिलिमिली बनाइएको थियो । चलचित्रको नेपालबाट कार्तिक २१ गते प्रदर्शन थालिनेछ भने अष्ट्रेलियाको सिड्नीमा नोभेम्बर २२ तारिख र अन्य शहरहरुमा पनि रिलिज गर्ने तयारी भइरहेको छ। फिल्मलाई सिड्नीमा एमएन अडियो भिडियो सर्भिसेजले ल्याएको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]