बिहे गरिन् दिया मिर्जाले


बलिउड अभिनेत्री दिया मिर्जाले शनिबार मुम्बईको घिटोरनीस्थित एक फार्म हाउसमा प्रेमी साहिल सांगासँग विवाह गरेकी छिन् । ३२ वर्षीया दियाले गत अप्रिलमा कुरा छिनेकी थिइन् । पूर्व मिस एशिया प्यासेफिक दिया मिर्जाले पछिल्लो समय चलचित्र निर्माणमा पनि आफ्नो ध्यान केन्द्रित गरेकी छिन् । हालै उनको चलचित्र बबि जासुस रिलिज भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]