पाँच दिनपछि रिलिज हुँदै शाहरुखको ह्याप्पी न्यू ईएर


फराह खानले निर्देशन गरेको चलचित्र ह्याप्पी न्यू ईएर तिहारको पूर्वसन्ध्यामा शुक्रबार रिलिज गरिँदैछ । फराह खानले यसअघि शाहरुख खानका साथ ओम शान्ति ओम र मै हुँ ना चलचित्र बनाइसकेकी छिन् । दिपिका पादुकोण यसमा डान्स टिचरको भूमिकामा छिन् भने डान्स कम्पिटिशनमा भाग लिन जाने ५ युवाको कथा यसमा समेटिएको छ । जसमध्ये शाहरुख पनि एक हुन्छन् । यसलाई एक्सन कमेडी चलचित्र भनिएको छ । शाहरुख खानका गत वर्षको चलचित्र चेन्नई एक्सप्रेसले पाएको सफलतापछि ह्याप्पी न्यू इएरले कस्तो कमाल गर्ने हो यो प्रतिक्षाको विषय बनेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]