नेपाल महोत्सव मेलबर्नको तयारी युद्धस्तरमा


आगामी नोभेम्बर २ तारिखमा मेलबर्नमा आयोजना गरिने नेपाल महोत्सवको तयारी भइरहेको छ । अहिले आइतबार हुने नेपाल महोत्सवका साथै अघिल्लो दिन एक तारिख शनिबार आयोजना हुने नेपालमा पर्यटन र लगानी प्रबद्र्धन सम्बन्धी कार्यशाला गोष्ठीमा प्रस्तुत गरिने कार्यपत्र र सहभागीहरुको नामावलीलाई अन्तिम रुप दिने प्रयास भइरहेको एनआरएन भिक्टोरियाले जनाएको छ । शनिबार कार्यशालाका साथै साँझ डिनर कार्यक्रम राखिएको छ भने आइतबार मध्यान्ह १२ बजेदेखि मेलबर्नको फेडरेशन स्क्वाएरमा महोत्सव आयोजना गरिनेछ । जहाँ नेपाली सामग्री र संस्कृतिका स्टल राख्ने तयारी गरिएको छ । यस्तै नेपाली परिकारहरुका साथै कन्सर्टको समेत आयोजना गरिनेछ । मेलामा सहभागी हुन नेपालबाट सरकारी अधिकारीहरु आउने भएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]