ईराकमा आईएसविरुद्ध अष्ट्रेलियाले थलसेना नपठाउने


अष्ट्रेलियाकी विदेशमन्त्री जुली विशोपले ईलाकमा ईस्लामिक स्टेटका विद्रोही विरुद्ध लड्न थलसेना पठाउने कुनै योजना नरहेको बताउनुभएको छ । ईराकी भूमिमा अमेरिकाले थालेको आक्रमणमा अष्ट्रेलियाको भूमिका के हुनसक्छ भन्ने विषयमा ईराकी अधिकारीहरुसँग भर्खरै विदेशमन्त्री विशोपले छलफल सकाएकी छिन् । यस छलफलपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा ईराकी विदेशमन्त्री ईब्राहिम अल जबफारीसँगै उपस्थित हुनुभएकी विदेशमन्त्री विशोपले ईराकी क्षेत्रमा अमनचयन ल्याउन के गर्न सकिन्छ भन्ने परामर्शमा आपूmहरु जुटेको प्रतिक्रिया दिएकी थिइन् । विदेशमन्त्री विशोप ईराकको भ्रमणका क्रममा यतिबेला बग्दादमा छिन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]