लोटस स्पोर्टस कारमा आगलागी


विश्वमा मात्र २ सय ६३ वटा रहेको दुर्लभ मानिने लोटस स्पोर्टस कारमा आगलागी भएको छ । न्यू साउथ वेल्सको गोउल्बुर्न पुलिस स्टेशन बाहिर यो घटना भएको हो । एउटा रेसिंग क्लबसँग आबद्ध यस कारका मालिक यतिबेला गहिरो शोकमा छन् । अचानक कारबाट कालो मुस्लो धुँवा आएपछि स्थानीयले आगो निभाउने प्रयत्न गरेका थिए भने आपतकालीन उद्धार समूह तत्कालै घटनास्थल आइपुगेको थियो । घटनामा कुनै मानवी क्षति नभएको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]