निकोन वाक्लेलि एवार्डको फाईनलिष्टहरु घोषित


अष्ट्रेलियाको फोटो पत्रकारिताको ठूलो मानिने एवार्ड निकोन वाक्लोलि एवार्डको फाईनलमा पुग्ने फोटोहरु सार्वजनिक गरिएको छ । यस वर्षको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल भएका तस्वीरहरु सार्वजनिक गर्दै वाक्लेलि फोटो अफ द ईएर २०१४ एन्ड्रयू क्वील्टीको जलेको एक बालकको तस्वीरले जित्न सफल भएको पनि घोषित भएको छ । अफगानिस्तानमा खिचिएको यो तस्वीरमा एक बालिका गम्भीर रुपमा घाइते बनेको दृश्य छ । जहाँ उनको जलेको भागमा औषधि लगाएर सुनौलो रंगको थर्मलले बेरिएको छ । अन्य विजेताहरुको नाम भने डिसेम्बर ४ तारिखमा घोषित हुनेछ । तपाईंले हेर्न सक्नुहुनेछ फोटो अफ द ईएर हुन सफल तस्वीर र फाईनलमा पुगेका अन्य तस्वीरहरु

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]