देवकोटा पुरस्कार पहाडी, शुक्राचार्य र प्राञ्जललाई


नेपाल सांस्कृतिक सङ्घले यस वर्षको ‘देवकोटा काव्यिक पुरस्कार’ गद्य कवितातर्फ सन्ध्या पहाडी, पद्यकवितातर्फ रत्ननिधि रेग्मी शुक्राचार्य र गीतगजलतर्फ रवि प्राञ्जललाई दिने भएको छ । आआफ्ना विधामा योगदान पु¥याएबापत उहाँहरुलाई जनही रु पाँच पाँच हजारले पुरस्कृत गर्न लागिएको सङ्घका कार्यकारिणी सदस्य रमेश खकुरेलले जानकारी दिनुभयो । पहिलो पटक घोषित सो पुरस्कार आगामी लक्ष्मीजयन्तीका दिन कात्तिक ६ गते प्रदान गरिने छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]