रिपब्लिका सम्पादकको हृदयघातबाट मृत्यु


रपब्लिका अङ्ग्रेजी दैनिकका डेस्क सम्पादक सन्जिव घिमिरेको ३८ वर्षको उमेरमा शनिबार बिहान हृदयघातका कारण निधन भएको छ । बिहानै हृदयघात भएपछि उपचारका लागि मैतीदेवीबाट चाबहिलस्थित मेडिकेयर अस्पताल लैजाँदै गर्दा घिमिरेको बाटोमै निधन भएको परिवारले जनाएको छ । घिमिरेका श्रीमती, आमा र दुई छोरा छन् । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । सक्रिय श्रमजीवी पत्रकार तथा सहकर्मी घिमिरेको निधनप्रति नेपाल पत्रकार महासङ्घ रिपब्लिका शाखाले गहिरो शोक व्यक्त गरेको छ । शाखाका सचिव अशोक दाहालले आज प्रेस विज्ञप्ति जारी गरी शोकको घडीमा सबै सहकर्मी, पत्रकार र आफन्तजनमा धैर्यधारण गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]